स्वास्थ्य बिमा बोर्डका अध्यक्ष उप्रेतीको राजीनामा स्वीकृत
काठमाडाैं | चैत १७, २०७९
काठमाडौं : स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. सेनेन्द्र राज उप्रेतीको राजीनामा स्वीकृत भएको छ ।
मन्त्रिपरिषद्को बैठकले डा. उप्रेतीको राजीनामा स्वीकृत गरेको हो ।
डा.उप्रेतीले गत माघ २४ गते तत्कालिन स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई भेटेर राजीनामा बुझाएका थिए । तर, राजीनामा स्वीकृत भएको थिएन । डा.उप्रेती स्वास्थ्य मन्त्रालयका पूर्वसचिव हुन् । डा.उप्रेती २०७७ साल साउनमा बोर्ड अध्यक्ष नियुक्त भएका थिए ।
पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्षमा महेशराज ढकाल,...
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...

